असोज ०६, २०८१, आइतबार
               

गैँडाको आक्रमणबाट एक वृद्धा घाइते

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

काठमाडौं । नारायणी नदीमा नुहाएर फर्किने क्रममा गैँडाको आक्रमणबाट एक वृद्धा घाइते भएकी छन् । नवलपरासी (बर्दघाट–सुस्तापूर्व)को मध्यबिन्दु नपा–३ ब्रह्मस्थानकी ७५ वर्षीया रुक्मणि रेग्मी गैँडाको आक्रमणबाट घाइते भएकी हु्न् ।

जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी विशाल तामाङका आइतबार बिहान करिब १०ः३० बजे गैँडाले आक्रमण गर्दा रेग्मी घाइते भएकी हुन् । गैँडाको आक्रमणबाट रेग्मीको शरीरका विभिन्न भागमा चोट लाग्दा उनको अवस्था गम्भीर रहेको तामाङले बताए । घाइते रेग्मीको मध्यबिन्दु जिल्ला अस्पताल डण्डामा प्राथमिक उपचारपश्चात् थप उपचारका लागि चितवनको भरतपुर पठाइएको तामाङले जानकारी दिए ।

ब्रह्मस्थान क्षेत्रमा एउटा बूढो गैँडा रहेको र हरेक दिन बिहान नारायणी नदीतर्फ जाने गरेको स्थानीयवासी हुमनाथ पोखरेलले बताए । गैँडाको आक्रमणबाट घाइते भएकी रेग्मीलाई करिब १० वर्ष अगाडिसमेत गैँडाले आक्रमण गरी घाइते बनाएको पोखरेलले जानकारी दिए ।


कस्तो लाग्यो ?

यो पनि