जेठ ०५, २०८१, शनिबार
               

बारामा धारिलो हतियार प्रहार गरी महिलाको हत्या

नेपाल फ्ल्यास
माघ २६, २०७७

ADVERTISEMENT

वीरगञ्ज । बारामा धारिलो हतियार प्रयोग गरी एक महिलाको हत्या भएको छ । महागढिमाई नगरपालिका–१ निवासी ४५ वर्षीया कान्ती देवी कुशवाहाको हत्या भएको प्रहरीले जनाएको छ ।

अहिले घटनास्थलमा प्रहरी पुगेर आवश्यक अनुसन्धान गरिरहेको बाराका प्रहरी प्रबक्ता एवम प्रहरी नायब उपरीक्षक गौतम मिश्रले जानकारी दिए ।

हत्या कसले र किन गरेको हो भन्ने बारेमा हालसम्म खुल्न नसकेको मिश्रको भनाइ छ ।

घटनास्थलमा तालिमप्राप्त कुकुर पनि परिचालन गरिएको छ ।


कस्तो लाग्यो ?

यो पनि