जेठ ०५, २०८१, शनिबार
               

भागिरथी हत्याको अनुसन्धान निर्मला प्रकरण जस्तो हुँदैन : प्रहरी

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । बैतडीकी १७ वर्षीया किशोरी भागिरथी भट्टको हत्या घटनाको अनुसन्धानमा कुनै कमि हुन नदिने प्रहरीले जनाएको छ ।

नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता वसन्तबहादुर कुँवरले किशोरी हत्या घटनाको अनुसन्धानका लागि अत्यन्त सजगताका साथ सूक्ष्म अनुसन्धान भइरहेको बताए ।

उनले भने, ‘अपराधी पत्ता लगाएर पक्राउ गरी कारबाही गर्न प्रहरी प्रतिबद्ध छ ।’

भागरथी हत्याको अनुसन्धान पनि कञ्चनपुरकी किशोरी निर्मला पन्तको जस्तै नहोस् भनेर चौतर्फी रुपमा खबरदारी भइरहेको छ ।

शनिबार भागिरथीको न्यायकाे माग गर्दै काठमाडौैंमा प्रदर्शन भएको थियो । प्रदर्शनका सहभागीहरुले भागिरथीका हत्यारालाई तत्काल पक्राउ गर्न माग गरेका थिए ।

उनीहरुले यो घटनाको अनुसन्धानमा पनि निर्मला प्रकरणको जस्तै लापवार्ही नगर्न प्रहरी प्रशासनलाई खबरदारी गरेका थिए ।


कस्तो लाग्यो ?

यो पनि