बैशाख २३, २०८१, आइतबार
               

यस्तो छ मंगलबारसम्मको मौसम

नेपाल फ्ल्यास
माघ २५, २०७७

ADVERTISEMENT

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको छ ।

पश्चिमी न्यून चापीय प्रणालीका कारण हाल प्रदेश १ को पहाडी भूभागमा आंशिक बदली रहेको छ ।

आज विहान काठमाडौंको न्युनततम तापक्रम २ डिग्री सेल्सियस रहेको छ भने अधिकतम तापक्रम १८ डिग्री सेल्सियस पुग्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज (आइतबार) प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका केही स्थानमा आंशिक बदली रही बाँकी स्थानहरुमा मौसम सामान्यतया सामान्य रहनेछ ।

सोमबार सुदूर पश्चिम र कर्णाली प्रदेशका पहाडी भूभागमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

मंगलबार सुदूरपश्चिम, कर्णाली प्रदेश, लुम्बिनी प्रदेश र गण्डकी प्रदेशमा आशिक बदली रही बाँकी स्थानमा मौसम सामान्यतया सफा रहनेछ ।

यसैबीच, चिसो अझै रहिरहने, तराईका भूभागमा हुस्सु-कुहिरो लाग्ने तथा उच्च पहाडी जिल्लामा हिमपात हुने हुँदा आवश्यक सतर्कता अपनाउन महाशाखाले सबैमा अनुरोध गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि