जेठ ०९, २०८१, बुधबार
               

बैतडीमा १७ वर्षीया किशोरीको हत्या : सभापति देउवाद्वारा दोषीलाई कारबाहीको माग

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । बैतडीको चडेपानीकी १७ वर्षीया किशोरी भागरथी भट्टको हत्याप्रति नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दुःख व्यक्त गरेका छन् । घटनाप्रति दुःख व्यक्त गर्दै सभापति देउवाले हत्यामा संलग्न दोषीलाई सरकारसँग कारबाहीको माग गरेका छन् ।

उनले उक्त घटनाकाे सम्बन्धमा तत्काल अनुसन्धान गरी दोषीलाई कारबाही गर्न माग गरेका हुन् । देउवाले १७ वर्षीया किशोरीको हत्याको घटनाले आफू निकै मर्माहित भएको सामाजिक सञ्जालमा उल्लेख गरेका छन् ।

बैतडीको दोगडाकेदार गाउँपालिक–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको घर नजिकैको जंगलमा शव फेला परेको थियो । ती किशोरीको बलात्कारपछि हत्या गरिएको प्रहरीले आशंका गरेको छ । 

यो पनि