जेठ ०५, २०८१, शनिबार
               

यस्तो छ तीन दिनको मौसम

नेपाल फ्ल्यास
माघ २४, २०७७

ADVERTISEMENT

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

पश्चिमी न्यून चापीय प्रणालीको कारण हाल देशभर आँशिकदेखि सामान्य बदली भएको छ ।

आज (शनिबार) सुदूरपश्चिम र कर्णाली प्रदेशमा आंशिक बदली रही बाँकी प्रदेशका भूभागमा आंशिक देखि सामान्य बदली रहनेछ । 

प्रदेश १ का अधिकांश स्थान तथा प्रदेश २, बागमती प्रदेश र गण्डकी प्रदेशका केही स्थानमा हल्का वर्षाको संभावना रहेको छ । 

देशका उच्च पहाडी र हिमाली भूभागका केही स्थानमा हल्का देखि मध्यम हिमपातको सम्भावना छ ।

आइतबार प्रदेश १ को पहाडी भूभाग तथा गण्डकी प्रदेशका केही स्थानमा आंशिक बदली रही बाँकी स्थानमा मौसम सामान्य रहनेछ ।

सोमबार देशभरको मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि