जेठ ०५, २०८१, शनिबार
               

हालसम्म १ लाख ७१ हजारभन्दा बढीले लगाए कोरोनाविरुद्धको खोप

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

नेपालमा हालसम्म एक लाख ७१ हजारभन्दा धेरैले कोरोनाविरुद्धको खोप लगाएका छन् । शुक्रवार साँझसम्म ७७ जिल्लाका २०१ खाेप केन्द्रबाट एक लाख ७१ हजार ४८६ जनाले कोरोना भाइरसविरुद्धको खोप लगाएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । 

अहिलेसम्म प्रदेश नम्बर एकमा २३ हजार ८२, प्रदेश नम्बर २ मा २२ हजार ७५६, बागमतीमा ५९ हजार ९४२ जनाले खोप लगाएको मन्त्रालयका छन् । 

त्यस्तै गण्डकी प्रदेशमा १७ हजार ३१५, लुम्बिनीमा २६ हजार ८९८, कर्णालीमा आठ हजार ६८४ र सुदूरपश्चिममा १२ हजार ८०९ जनाले खोप लगाएका छन् । 

सरकारले पहिलो चरणमा अग्रपङ्क्तिमा काम गर्ने स्वास्थ्यकर्मीसहित अन्यलाई दिन थालिएको हो । पहिलाे चरणकाे खाेप अभियान शनिवार (भाेलि) सकिने मन्त्रालयले जनाएकाे छ ।


कस्तो लाग्यो ?

यो पनि