बैशाख २६, २०८१, बुधबार
               

कोलेनिको गाडीले ठक्कर दिँदा पाँच विद्यार्थी घाइते

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

गोरखा । गोरखामा गाडीले ठक्कर दिँदा दुई स्कुले विद्यार्थीसहित पाँच जना घाइते भएका छन् ।

गोरखा बजारबाट आबुखैरेनीतर्फ गइरहेको शुक्रबार कोष तथा लेखा नियन्त्रण कार्यालयको बा.२ झ २२९२ नम्बरको गाडीको ठक्करबाट गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा विद्यालयबाट घर फर्कंदै गरेका अमिसा थापा र इम्रन राना घाइते भएका हुन् ।

गोरखा बजारबाट आबुखैरेनीतर्फ गइरहेको बा २ झ २२९२ नम्बरको गाडीको ठक्करबाट गोरखा नगरपालिका–९ लक्ष्मीबजारमा विद्यालयबाट घर फर्कंदै गरेका अमिसा थापा र इम्रन राना घाइते भएका छन् ।

घाइते थापा र रानालाई गोरखा अस्पतालमा प्राथमिक उपचारपछि थप उपचारका लागि चितवन रिफर गरिएको छ ।  जिपमा सवार कोष तथा लेखा नियन्त्रण कार्यलयका प्रमुख नारायणदत्त शर्मा, र जिल्ला प्रशासन कार्यालयका अधिकृत गणेश भट्टराई र उर्मिला भट्टराई पनि घाइते भएका छन् । जिप सडकबाट करिब १० मिटर तल खसेको छ । उनीहरुको भने गोरखा अस्पतालमा उपचार भइरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि