बैशाख २०, २०८१, बिहीबार
               

नागरिक समाजद्वारा प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । नागरिक समाजले प्रतिनिधिसभा विघटनको विरोधमा प्रदर्शन गरेको छ ।

देश निर्वाचनतर्फ लम्किएको, स्थिरताका लागि चुनावको विकल्प नभएको भनी प्रधानमन्त्रीको अभिव्यक्ति आएकै दिन नागरिक समाजले  ‘राष्ट्रपतिज्यू संविधान कहाँ छ’, ‘असंवैधानिक नियुक्ति मान्दैनौँ’,  सत्ता कब्जा मुर्दावादलगायत नारा लेखेको प्लेकार्ड प्रदर्शन गरी प्रतिनिधिसभा विघटन गरेको हो । 

शुक्रबार प्रधानमन्त्री केपी शर्मा ओलीले आफू पक्षले काठमाडौंमा गरेको प्रदर्शनलाई संबोधन गर्ने क्रममा ओलीले मुलुकलाई स्थिरता दिनका लागि चुनाव नै अपरिहार्य भएको बताएका थिए । 

बृहत् नागरिक आन्दोलनलाई सम्बोधन गर्दै राजनीतिक विश्लेषक श्याम श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटनलाई सदर गरिए आगामी कुनै संसदले पनि पाँच वर्षको आयु देख्न नपाउने बताउँदै उनले सबै संसद् गुलेलीको सिकार हुने  बताए ।

यो पनि