जेठ ०५, २०८१, शनिबार
               

सरकारलाई १५ दिनभित्र जवाफसहित अदालतमा उपस्थित हुन आदेश

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

काठमाडौं । संवैधानिक निकयमा नियुक्त प्रमुख तथा पदाधिकारीलाई काममा रोक लगाउन माग गरी सर्वोच्चमा परेको रिटको सुनुवाइ गर्दै सरकार(विपक्षी)सँग लिखित जवाफ माग गरेको छ । 

न्यायाधीश कुमार रेग्मीको एकल इजलासले संवैधानिक निकायमा गरेको नियुक्तिको विरुद्ध परेको रिटको सुनुवाइ गर्दै सो आदेश दिएका हुन् । इजलासले सरकारलाई १५ दिनभित्र कारणसहित लिखित जवाफ पेस गर्न भनेको छ । 

यसअघि बुधबार पद तथा गोपनीयताको सपथ लिएका ३२ प्रमुख तथा पदाधिकारीलाई कार्य गर्न रोक माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट सर्वोच्चमा रिट दायर गरेका थिए । सरकारले संविधानविपरीत संवैधानिक परिषद्सम्बन्धी अध्यादेश ल्याएको भन्दै उनले संविधानको धारा २, ८३, २८४ र २९२ को बर्खिलाप भएको उल्लेख गरेका थिए ।

रिटमा राष्ट्रपति कार्यालय, प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय र संवैधानिक परिषदलाई विपक्षी बनाइएको छ । संवैधानिक परिषद्मा गरेका नियुक्तिविरुद्ध शुक्रबार सभामुख अग्निप्रसाद सापकोटाले पनि रिट दायर गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि