जेठ ०५, २०८१, शनिबार
               

किशोरी मृत्यु प्रकरण : अनुसन्धानमा तालिमप्राप्त कुकुर परिचालन

नेपाल फ्ल्यास
माघ २३, २०७७

ADVERTISEMENT

बैतडी । बैतडीको दोगडाकेदार गाउँपालिका–७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको मृत्युको कारणबारे अनुसन्धान गर्न आज तालिमप्राप्त कुकुरसहितको प्राविधिकको टोली परिचालन गरिएको छ ।

किशोरीको वीभत्सरुपमा हत्या गरी फालिएको अवस्थामा प्रहरीले शव फेला परेको हो ।

धनगढीबाट तालिमप्राप्त कुकरसहित प्राविधिकको टोली परिचालन गरिएको बैतडीका प्रहरी प्रमुख, प्रहरी नायव उपरीक्षक नारायणप्रसाद अधिकारीले जानकारी दिए ।

घटनाको थप अनुसन्धानका लागि कुकुरसहितको टोली  परिचालन गरिएको हो ।  उनले भने, ‘घटनामा संलग्नलाई खोज्न तथा थप अनुसन्धान गर्न सहज होस भनेर कुकुरको प्रयोग गरेका हौं ।’

 


कस्तो लाग्यो ?

यो पनि