जेठ ०५, २०८१, शनिबार
               

ड्युटीमै बेहोस भएका इन्स्पेक्टरको मृत्यु

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

बारा । ड्युटीकाे क्रममा बेहोस भएका सशस्त्र प्रहरीका निरीक्षक (इन्स्पेक्टर) मृत्यु भएको छ । बोर्डर आउट पोष्ट कबहीगोठका इन्चार्जसमेत रहेका इन्सपेक्टर नारायण सिंह ऐरको मृत्यु भएको हो ।

उनी ड्युटीकै क्रममा अचानक एक्कासी लडेर बेहोस भएका थिए । बिहानैदेखि ड्युटीमा खटिएका उनी दिउँसो अचानक बेहोस भएपछि उपचारका लागि कलैया अस्पताल लगिएको थियो ।

कलैया अस्पतालले थप उपचारका लागि उनलाई वीरगञ्जस्थित नारायणी अस्पतालमा रेफर गरे पनि नारायणी अस्पताल आइपुग्दा उनको मृत्यु भइसकेको थियो ।


कस्तो लाग्यो ?

यो पनि