जेठ ०५, २०८१, शनिबार
               

आमहड्ताल अवज्ञा गर्न सरकारको आह्वान

नेपाल फ्ल्यास
माघ २२, २०७७

ADVERTISEMENT

काठमाडाैं । प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल-नेपाल खेमा तेस्रो चरणको आन्दोलनका क्रममा आज नेपाल बन्दको आह्वान गरेको छ । तर, गृह मन्त्रालयले आमहड्ताललाई बेवास्ता गर्दै दैनिक क्रियाकलापलाई पूर्ववत अवस्थामै गर्न आह्वान गरेको छ ।

बुधबार विज्ञप्ति जारी गर्दै गृह मन्त्रालयले दैनिक रूपमा सञ्चालित उद्योग, पेसा, व्यवसाय सञ्चालनमा कुनै बाधा–अवरोध पुग्न नदिने गरी सुरक्षा निकायबाट आवश्यक सुरक्षा व्यवस्था मिलाइने जनाएको छ ।

तोडफोड, आगजनी र जबर्जस्तीलगायतका अवाञ्छित गतिविधि गरेका पाइए त्यस्ता गतिविधिमा संलग्नलाई कानून बमोजिम कारबाही गरिने गृह मन्त्रालयका प्रवक्ता चक्रबहादुर बुढाद्वारा जारी विज्ञप्तिमा जनाइएको छ ।

मन्त्रालयले उद्योग धन्दा, पेसा, व्यवसाय पूर्ववत् रूपमा निर्धक्क भएर सञ्चालन गर्न आग्रह गरेको छ ।

आमहड्ताललाई लक्षित गरी सरकारले मुलुकभर नेपाल प्रहरी र सशस्त्र प्रहरीको उपस्थिती बढाएको छ । बिहानैदेखि सडकमा सुरक्षाकर्मीहरूको बाक्लो उपस्थिती देखिएको छ ।

पुस ५ मा प्रतिनिधिसभा विघटनपछि विभाजित नेकपाको दाहाल-नेपाल खेमा तेस्रो चरणको आन्दोलनमा छ । तर, संवैधानिक निकायमा पदाधिकाहरू नियुक्त भएपछि यो समूह अझ रूष्ट भएको हो ।


कस्तो लाग्यो ?

यो पनि