जेठ ०५, २०८१, शनिबार
               

नवनियुक्त पदाधिकारीलाई काम गर्न रोक्न माग गर्दै सर्वोच्चमा रिट

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

संबैधानिक परिषद्ले नियुक्त गरेका संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई काम गर्न रोक लगाउन माग गर्दै सर्वोच्च अदालतमा रिट परेको छ ।

बुधबार पद तथा गोपनीयताको सपथ लिएका संवैधानिक निकायका प्रमुख तथा पदाधिकारीलाई कामकाज गर्न रोक लगाउन माग गर्दै वरिष्ठ अधिवक्ता दिनेश त्रिपाठीले रिट दायर गरेका हुन् ।

सरकारले ल्याएको अध्यादेशले संविधानको धारा २, ८३, २८४ र २९२ को बर्खिलाप भएको रिटमा उल्लेख छ भने २०७७ मंसिर ३० गतेको संवैधानिक परिषद्को निर्णय प्रतिषेधको आदेशद्वारा कार्यान्वयन नगर्नू भनी माग गरेका छन् । 


कस्तो लाग्यो ?

यो पनि