जेठ ०५, २०८१, शनिबार
               

अवैध लागूऔषधसहित ११ जना पक्राउ

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं महानगरपालिका गौरिघाटको विभिन्न स्थानबाट ३ केजी अवैध लागूऔषध पोल्यान्ड र नगद २० हजार २५० रुपैयाँसहित सोही ठाउँ बस्ने ४० वर्षीय अम्मर बर्देवा लगायत ४ जनालाई  प्रहरीले पक्राउ गरेको छ । 

यता झापाको दमक नगरपालिका-९ बुद्धटोलबाट २ ग्राम अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ, १ थान डिजिटल तराजु र ७ हजार रुपैयाँ सहित २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा सोही ठाउँ बस्ने २० वर्षीय अजय राई र २५ वर्षीय बिकल बिशुङखे रहेका छन् ।

साथै कञ्चनपुरकाे बेलौरी नगरपालिका-७ टेडियाबाट १८ ग्राम ९३० मिलीग्राम अवैध लागूऔषध खैरो हेरोइनसहित सोही ठाउँ बस्ने ४५ वर्षीय प्रभुराम चौधरीलाई मंगलबार साँझ प्रहरीले पक्राउ गरेको छ । 

बर्दियाकाे मधुबन नगरपालिका-६ लठुवाघाटबाट ७३० मिलीग्राम अवैध लागूऔषध ब्राउनसुगरसहित सोही ठाउँ बस्ने १८ वर्षीय किशोरलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । मकवानपुरकाे हेटौंडा उपमहानगरपालिका-१९ नेवारपानीबाट ११ किलो अवैध लागूऔषध गाँजा, ६७ हजार रुपैयाँ र २ हजार ५ सय भारतीय रुपैयाँसहित पर्सा सखुवा पर्सौनी गाउँपालिका-२ बस्ने ४१ वर्षीय राजेन्द्र बहादुर दमाईलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

ईनरुवा नगरपालिका-२ बलाहा नहर सुनसरीबाट २५० केजी अवैध लागूऔषध गाँजासहित भोजपुर हतुवागडी गाउँपालिका-९ बस्ने २७ वर्षीय अर्जुन खड्कासमेत २ जनालाई मंगलबार राति प्रहरीले पक्राउ गरेको छ । 


कस्तो लाग्यो ?

यो पनि