जेठ ०५, २०८१, शनिबार
               

नयाँ नक्सा अब पाठ्यक्रममा

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । सरकारले लिम्पियाधुरा–कालापानी सहितको भूभाग समेटिएको नेपालको नक्सा कक्षा–११ को र कक्षा–८ को पाठ्यक्रममा समावेश गरेको छ । 

प्रधानमन्त्री केपी शर्मा ओलीका परराष्ट्र सल्लाहकार राजन भट्टराईले नयाँ नक्सा दुवै कक्षाको पाड्यपुस्तकमा समेटिएको जानकारी दिए ।  यसअघि केही त्रुटि भएका कारण प्रधानमन्त्री केपी शर्मा ओलीले पाठ्यपुस्तकबाट हटाउन लगाएको भन्दै आलोचना भएको थियो ।

भारतले मिचेको लिम्पियाधुरा तथा कालापानीसहित भूभाग फिर्ता गरी नक्सा नेपालको संविधानमा संशोधन भई पारित भएको थियो । सरकारले जेठ ७ गते नेपालको नयाँ राजनैतिक नक्सा औपचारिक रुपमा सार्वजनिक गरेको थियो । जुन कदम देशैभर स्वागत भएको थियो ।  तर पछि सरकारले पाठ्यक्रममा यो नक्सा नराख्दा यसको विरोध भएको थियो ।

योसँगै लिपुलेक, कालापानी र लिम्पियाधुरा समेटेर सार्वजनिक गरेको नेपालको अद्यावधिक नक्सा विद्यार्थीले आफ्नै किताबमा पढ्न र हेर्न पाउने भएका छन् । 


कस्तो लाग्यो ?

यो पनि