जेठ ०५, २०८१, शनिबार
               

ट्राफिक जरिवाना भुक्तानी अब अनलाइनबाटै

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । ट्राफिक नियम उल्लङ्घन गरेबापतको जरिवाना भुक्तानी  अब अनलाइनबाटै गर्न मिल्ने भएको छ । सवारी चालकलाई सहज होस् भनी अनलाइनबाटै जरिमाना रकम भुक्तान गर्ने मिल्ने प्रणाली सुरु गरिएको हो ।

महानगरीय ट्राफिक महाशाखाका अनुसार यसअघि बैंकमा लाइन बस्नुपर्ने भएकोले धेरै समय खर्चिनु पर्ने र झन्झटिलो प्रकृया बेहोर्नुपर्थ्यो ।

अब यस्तो समस्याको हल हुने महाशाखाको विश्वास छ । महाशाखाले आज अनलाइन सेवाको औपचारिक उद्घाटन गर्दैछ ।


कस्तो लाग्यो ?

यो पनि