जेठ ०५, २०८१, शनिबार
               

उपत्यकामा आज युवा स‌ंघको मोटरसाइकल र्‍याली

नेपाल फ्ल्यास
माघ २१, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी नेकपा ओली समूहको भ्रातृ संगठन राष्ट्रिय युवासंघ नेपालले आज काठमाडौं उपत्यकामा बृहत मोटरसाइकल र्‍याली निकाल्दै छ ।

माघ २३ गते काठमाडौंमा आयोजना हुने नेकपाको जनसभा तयारीका लागि युवासंघले मोटरसाइकल र्‍याली निकाल्न लागेको हो । आज मध्यान्ह ललितपुरको बालकुमारी पुलबाट सुरू हुने र्‍याली सातदोबाटो, लगनखेल, जाउलाखेल, थापाथली, त्रिपुरेश्वर, आरएनसी, जमल, दरबारमार्ग नारायणहिटी, जयनेपाल, कमलपोखरी, रातोपुल, गौशाला, एयरपोर्ट हुँदै तीनकुने पुगेर सकिनेछ ।

नेकपा ओली समूह बागमती प्रदेशको आयोजनामा माघ २३ गते काठमाडौंमा जनसभा आयोजना हुँदैछ । नारायणहिटी नजिकैको सडकमा हुने सो जनसभालाई प्रधानमन्त्री एवं पार्टीका प्रथम अध्यक्ष केपी शर्मा ओलीले लगायत शीर्ष नेताले सम्बोधन गर्ने नेकपा बागमती प्रदेशले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि