जेठ ०५, २०८१, शनिबार
               

छुट्टीमा आएकाहरु समयमै काममा नफर्किए ३ वर्षसम्म साउदी जान नपाउने

नेपाल फ्ल्यास
माघ २०, २०७७

ADVERTISEMENT

रियाद । साउदी अरबले एक्जिट रि इन्ट्रिको भिसा लिएर छुट्टीमा स्वदेश फर्किएकाहरूले समयमा नफर्किए तीन वर्षसम्म प्रतिबन्ध लगाउने निर्णय गरेको छ ।

रि इन्ट्रिको म्याद रहुञ्जेल नफर्किने आप्रबासी श्रमिकहरूलाई अब ३ वर्षसम्म साउदी प्रवेशमा प्रतिबन्ध लगाउने भएको हो ।

साउदी अरबको पासपोर्ट महानिर्देशनालय (जवाजात)ले  एक्जिट लिएर रिईन्ट्री भिषामा मुलुक छोडेका विदेशी नागरिक भिषाको म्याद रहँदै नफर्केमा ३ बर्षसम्म मुलुक प्रवेशमा प्रतिबन्ध लगाउने व्यवस्था गरिएको साउदी ग्याजेटले जनाएको छ ।

नयाँ भिसामा आउनेहरुलाई भने यो नियम लागु नहुने जनाइएको छ । पछिल्लो समय साउदीले आफ्नै नागरिकका लागि रोजगारी सुरक्षित गर्ने नीति लिएको छ ।

साउदीले कोरोना संक्रमणलाई मध्यनजर गर्दै यात्रा प्रतिवन्धको समयावधि आगामी मे १७ तारिखसम्मको लागि थपेको जनाएको छ ।

कोरोना महामारी कायमै रहेको भन्दै यात्रा प्रतिवन्धको निर्णय थपिएको साउदीको आन्तरिक मन्त्रालयले जनाएको छ ।

यसघि साउदीले कोरोनाका कारण लगाएको सबैखाले प्रतिबन्धहरु आगामी मार्च ३१ तारिखदेखि पूर्ण रुपमा हटाउने र सबै अन्तर्राष्ट्रिय उडानहरू सुरु गर्ने निर्णय गरेको थियो।


कस्तो लाग्यो ?

यो पनि