बैशाख २२, २०८१, शनिबार
               

सेनाको हातहतियारसहितकाे गाडीले आजराति चक्रपथ परिक्रमा गर्दै

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

नेपाली सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले आइतबार अपरान्ह ट्वीट गर्दै सेनाले १९ माघको राति बख्तरबन्द गाडीसहित काठमाडौंको चक्रपथ परिक्रमा गर्ने योजना सार्वजनिक गरे । १० वटा बख्तरबन्द गाडीले आजराति चक्रपथ परिक्रमाको अभ्यास गर्ने भएकाे हाे ।  राति १० बजेबाट सुरु हुने अभ्यास सीतापाइला युद्धकवच गणका ड्राइभरले गर्न लागेका हुन् ।

सेनाको नियमित अभ्यासअनुसारै ती गाडीले चक्रपथको परिक्रमा लगाउने योजना बनेको हो । बख्तरबन्द अर्थात् हातहतियारसहितको सैन्य सवारीसाधनको नियमित अभ्यास हुन लागेको हो ।

योभन्दा पहिला पनि हरेक साता दुुई दिन जस्तो डाइभरहरुले अभ्यास गरिरहने सेनाका प्रवक्ता सन्तोषबल्लभ पौडेलले जानकारी दिए । “उनीहरू बिहान ५ बजे सीतापाइलाबाट निस्केर चोभार गई ६ बजे फर्किसक्थे । यसले ट्राफिक जाम हुँदैनथ्यो, ”उनी भन्छन्, “अहिले राति अभ्यास गर्न खोज्नुको उद्देश्य यति हो । भ्रम नहोस् भनेर ट्विट गरेका हौं ।”  नियमित भए पनि सो अभ्यासबारे सर्वसाधारणलाई समयमै जानकारी दिने हेतुले सेनाले त्यसबारे सूूचना जारी गरेको जनाएकाे छ । 

मुुलकका आठवटै पृतनाअन्तर्गतका ‘मेकनाइज्ड युनिट’बाट पनि पर्सिपल्ट माघ २१ गते देशका विभिन्न स्थानमा बख्तरबन्द गाडीको नियमित अभ्यास हुँदै छ । साँझ ५ बजे ६ वटा बख्तरबन्द गाडी कलंकी, सातदोबाटो हुुँदै पाँचखाल पुुगेर राति ८ बजे फर्कने उनले बताए ।

गाडीको अवस्था र आफ्ना साधनको प्रयोगमा चालकको आत्मविश्वास जगाउन पनि सेनाले यसप्रकारका नियमित अभ्यास गर्दै आएको छ । सर्वसाधारण नागरिकलाई आवतजावतमा असहज नहोस् भन्ने ध्येयले रातका समयमा उक्त अभ्यास गर्न लागिएको सेनाले जनाएको  छ । 


कस्तो लाग्यो ?

यो पनि