बैशाख २२, २०८१, शनिबार
               

थुनुवालाई सजायमुक्त गराउछु भनी ठगी गर्ने दुईजना पक्राउ

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

सजाय माफी गरी थुनामुक्त गराइदिन्छौ भनी ठगी गरेको अभियोगमा २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा सूर्यविनायक नगरपालिका-६ बस्ने सिन्धुली सुनकोशी गाउँपालिका-४ भोलेनी घर भएका ३३ वर्षीय बीर बहादुर तामाङ र सूर्यबिनायक नगरपालिका-६ बस्ने रामेछाप सुनपाती गाउँपालिका-७ घर भएका २७ वर्षीय ग्याल्छेन लामा छन् ।

गत कात्तिक १६ गते भक्तपुर सूर्यविनायक नगरपालिका-६ गणेश मन्दिर नजिकबाट विशेष सूचनाको आधारमा महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले धावा लामा र राज कुमार घिसिङलाई सुनौलो कछुवासहित पक्राउ गरेको थियो ।

पक्राउ परेका उनीहरूलाई विना कारवाही सजाय र थुनामुक्त गराइदिन्छौ भनेर विश्‍वास दिलाई ग्याल्छेन र बीरबहादुरले नगद २ लाख १० हजार रुपैयाँ ठगी गरी सम्पर्क बिहिन भएको भन्ने सूचनाको आधारमा महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरबाट खटिएको प्रहरीले बीरबहादुरलाई शुक्रबार र ग्याल्छेनलाई शनिबार पक्राउ गरेको हो ।

पक्राउ ग्याल्छेन र बीर बहादुर उपर जिल्ला अदालत भक्तपुरबाट ठगी कसूरमा ५ दिन म्याद थप गरी अनसुन्धान भइरहेको महानगरीय प्रहरी परिसर भक्तपुरले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि