बैशाख २१, २०८१, शुक्रबार
               

बैतडीका कैदीबन्दीलाई कोरोनाविरुद्धको खोप

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

बैतडीमा आजदेखि कैदीबन्दी र थुनुवालाई पनि कोरोनाविरुद्धको खोप लगाउन सुरु गरिएको छ । पहिलो दिन कारागार कार्यालयका ५० कैदीबन्दी तथा थुनुवालाई खोप लगाइएको जेलर अनिल तिवारीले जानकारी दिए ।

कारागारमा हाल ७१ कैदीबन्दी र थुनुवा रहेका छन् । जसमध्ये ३९ कैदी र ३२ थुनुवा छन् । सरकारले कैदीबन्दीलाई पनि पहिलो चरणमै खोप लगाउनका लागि प्राथमिकतामा राखेकाले खोप लगाउन सुरु गरिएको हो । कैदी तथा थुनुवालाई कारागार कार्यालयभित्रै गएर खोप लगाइएको स्वास्थ्य कार्यालयका प्रमुख योगशप्रसाद भट्टले जानकारी दिए । 

 


कस्तो लाग्यो ?

यो पनि