बैशाख २१, २०८१, शुक्रबार
               

आगलागीमा घरभित्रै जलेर ५५ वर्षीय पुरुषको मृत्यु

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । घरमा आगलागी हुँदा घरभित्रै जलेर एक ५५ वर्षीय पुरुषको मृत्यु भएको छ। मृत्यु हुनेमा झापा जिल्ला कचनकवल गाउँपालिका– १ स्थित घेराबारी निवासी गोवर्धन राजवंशी रहेको प्रहरी कार्यालय झापाले जनाएको छ ‌।

प्रहरीका अनुसार एकतले काठको खम्बा र टिनको छानो भएको घरमा आज बिहान आगलागी भएको थियो । स्थानीयले घरमा आगो लागेको थाहा पाएपछि प्रहरीलाई खबर गरेका थिए । घरभित्रै सुतेका राजवंशीको जलेर मृत्यु भएको प्रहरीको भनाइ छ ।

उक्त आगलागीमा उनको घर जलेर नष्ट भएको छ भने  एउटा माउ गाई, दुई वटा बाच्छा र तीन वटा बाख्रा समेत जलेर मरेको प्रहरीले जनाएको छ । घटनाबारे प्रहरीले अनुसन्धान गरिरहेको छ ।


कस्तो लाग्यो ?

यो पनि