बैशाख २२, २०८१, शनिबार
               

आज सेनाले ‘बख्तरबन्द गाडी’ चक्रपथ घुमाउने

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

काठमाडौं । नेपाली सेनाले आज राति बख्तरबन्द गाडी काठमाडौंको चक्रपथमा परिक्रमा गराउने भएको छ ।

नेपाली सेनाको नियमित अभ्यास योजनाअनुसार माघ १९ गते राति बख्तरबन्द गाडीहरु चक्रपथ परिक्रमा गर्ने नेपाली सेनाका प्रवक्ता सहायक रथी सन्तोष बल्लभ पौडेलले जानकारी दिए ।

८ वटै पृतनाअन्तर्गतका मेकनाइज्ड युनिटहरूबाट माघ २१ गते देशका विभिन्न स्थानहरुमा बख्तरबन्द गाडीहरुको अभ्यास गर्ने योजना रहेको पनि निर्देशनालयले जनाएको छ ।

नियमित अभ्यास भएकाले सर्वसाधारणलाई अनावश्यक त्रास हुनसक्ने भन्दै यसअघि नै सूचना जारी गरिएको पनि निर्देशनालयले जानकारी दिएको छ ।

सेनाका एकदर्जन बढी बख्तरबन्द गाडी हातहतियारसहित चक्रपथ परिक्रमा गराइने जनाइएको छ ।


कस्तो लाग्यो ?

यो पनि