बैशाख १४, २०८१, शुक्रबार
               

आज बस्न भनिएको बागमती प्रदेश सभा बैठक स्थगित

नेपाल फ्ल्यास
माघ १९, २०७७

ADVERTISEMENT

बागमती । आज बस्न भनिएको बागमती प्रदेशसभाको बैठक सूचना टाँसेर आगामी फागुन १ गते सम्मको लागि स्थगि गरिएको छ । 

आज दिउँसो २ बजेको लागि निर्धारित बैठक विशेष कारणवश बस्न नसक्ने जनाउँदै सूचना टाँसेर स्थगित गरिएको प्रदेशसभा सचिवालयद्वारा जारी सूचनामा जनाइएको छ । 

प्रदेशसभा सचिव कृष्णहरि खड्काका अनुसार विशेष कारण स्थगित गरिएको बैठक आगामी फागुन २ गते दिउँसो २ बजेका लागि आह्वान गरिएको छ । माघ ९ गते बसेको प्रदेशसभाको बैठकमा मुख्यमन्त्री डोरमणि पौडेलविरुद्ध दर्ता भएको अविश्वास प्रस्तावमाथि सामान्य छलफल भई स्थगित भएको थियो । 

आगामी बैठकमा मुख्यमन्त्री पौडेलविरुद्ध दर्ता भएको अविश्वासको प्रस्तावको प्रक्रियामाथि छलफल प्रारम्भ हुने  बताइएको छ । वाग्मती प्रदेशसभामा  नेकपाका ८०, नेपाली कांग्रेसका २२, साझा विवेकशील दलका तीन, राप्रपाका दुई, नेपाल मजदूर किसान पार्टीका दुई र स्वतन्त्र एक गरी ११० सदस्य रहेका छन् ।


कस्तो लाग्यो ?

यो पनि