कात्तिक ३०, २०८१, शुक्रबार
               

भारतसँग जोडिएका नाका खुलाउन गृहको पत्राचार

नेपाल फ्ल्यास
माघ १७, २०७७

ADVERTISEMENT

काठमाडौं ।गृहमन्त्रालयले भारतसँग जोडिएका सबै नाका खुलाउन सम्बन्धित सबै जिल्लालाई पत्राचार गरेको छ ।

मन्त्रालयले सुदूरपश्चिमको दार्चुलाको खलंगा, बैतडी झुलाघाट, कैलालीको गौरीफन्टा र कञ्चनपुरको गड्डाचौकी नाका पूर्ण रुपमा सुचारुका लागि  पत्राचार गरेको हो । शुक्रबारदेखि  नाका खुलाउने निर्णय भएको बताइएको छ । सरकारको सो  पत्राचारसँगै भारतसँग देशभरका ३० नाका खुल्ने भएका छन् । 

तर, नेपाल सरकारले गरेको निर्णयअनुसार भने भारतले अझै पूल खुलाउने विषयमा निर्णयमा पुगेको छैन्। शुक्रबार बिहानै देखि पूल खुल्ने आसामा खलंगामा पुगेका स्थानीयले भारतीय बजार जान पाएनन्।

पूल खुलाउने विषयमा भारत उत्तराखण्ड पिथौरागढका डिएम र धार्चुलाका एसडिएम कार्यालयलाई फोन तथा लिखित रुपमा पत्रचार गरिएको प्रमुख जिल्ला अधिकारी शरद कुमार पोखरेलले बताए। हामीले हाम्रो सरकारको निर्णय अनुसार पूल खुलाउने विषयमा जानकारी गराएका छौं, भारतले निर्णय गर्न बाँकी छ।

नाका खुलेसँगै दुवै देशका नागरिकले स्वास्थ्य सुरक्षाको मापदण्ड पालन गरी अब सहज आवतजावत गर्न सक्नेछन्। नेपाली पक्षबाट पहिलादेखि नाकामा आवतजावत खुकुलो गर्ने निर्णय भएकै थियो, प्रजिअ पोखरेलले भने तर भारत विगतदेखि मानिरहेको छैन् ।

सरकारको निर्णय बमोजिम नेपाली पक्षको तर्फबाट पूलघाट नाका खुला रहेको भए पनि भारतीय पक्ष अझै तयार भइसकेको छैन्। प्रजि पोखरेलले भने, विषयमा दुवै देशका स्थानीय प्रशासनबीच छलफल मौखिक तथा लिखित पत्रचार भएको छ। सरकारले पूल खुला गर्ने निर्णयसँगै सुदूरपश्चिमको प्रदेश सरकारले सीमा नाकामा स्वास्थ्यकर्मी परिचालन गर्ने भएको छ।


कस्तो लाग्यो ?

यो पनि