जेठ ०५, २०८१, शनिबार
               

प्रधानसेनापति थापा र अमेरिकी राजदूत बेरीबीच भेटवार्ता

नेपाल फ्ल्यास
माघ १७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधान सेनापति पूर्णचन्द्र थापा र नेपालका लागि अमेरिकाका राजदूत र्यान्डी डब्लु बेरीबीच शिष्टाचार भेटवार्ता भएको छ ।

शुक्रबार सैनिक मुख्यालय जङ्गीअड्डामा भएको उक्त भेटमा उनिहरुबीच आपसी हित र पारस्परिक सम्बन्धका विषयमा विचार विमर्श भएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ ।

अमेरिकाले नेपाली सेनालाई  प्राकृतिक प्रकोप तथा विपद् व्यवस्थापन कार्यमा संस्थागत क्षमता सुदृढीकरणमा सहयोग पुर्याउदै आएको छ ।


कस्तो लाग्यो ?

यो पनि