जेठ ०५, २०८१, शनिबार
               

३८ लाख नगद र चेकसहित ५ जना पक्राउ

नेपाल फ्ल्यास
माघ १६, २०७७

ADVERTISEMENT

काठमाडौं ।  काठमाडौं महानगरपालिका-२२ न्यूरोडबाट स्रोत नखुलेको ३८ लाख ७ हजार रूपयाँ नगद र २२ लाख ८ हजार १५० रूपैयाँ लेखिएका २४ थान चेक सहित ५ जनालाई बिहीबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा हुम्ला सार्केगार्ड गाउँपालिका-१ घर भएका २७ वर्षीय नवराज रावत, २८ वर्षीय संजय बुढा, ३० वर्षीय गोपाल रावत, मकवानपुर थाहा नगरपालिका-११ बस्ने २७ वर्षीया सानुमाया तमाङ र सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका-७ बस्ने २७ वर्षीय भीमसेन बहादुर तमाङ छन् ।

महानगरीय प्रहरी वृत्त जनसेवाबाट खटिएको प्रहरीले शंकास्पदरुपमा हिँडिरहेका उनीहरूलाई नियन्त्रणमा लिई तलासी गर्दा उक्त रकम र चेक फेला पारी पक्राउ गरेको हो । उनीहरूलाई आवश्यक कारबाहीको लागि सम्पति सुद्दिकरण विभाग पुल्चोक पठाइएकाे छ । 


कस्तो लाग्यो ?

यो पनि