जेठ ०६, २०८१, आइतबार
               

प्रधानमन्त्रीविरुद्ध सर्वोच्चमा दुई मुद्दा दर्ता

नेपाल फ्ल्यास
माघ १३, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध सर्वोच्च अदालतमा दुई मुद्दा दर्ता भएका छन् । 

प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै सर्वोच्च अदालत प्रशासनमा वरिष्ठ अधिवक्ता कुमार शर्मा आचार्य र अधिवक्ता कञ्चनकृष्ण न्यौपानेले छुट्टाछुट्टै प्रधानमन्त्री ओलीविरुद्ध मुद्दा दर्ता गराएका हुन् । 

दायर मुद्दाममा प्रधानमन्त्रीले ‘एकजना बाजे वकिललाई सर्वोच्च लगेर तमासा देखाएछन्’ वाक्यांश प्रयोग गरी प्रधानमन्त्रीले निन्दायुक्त टिप्पणी गरेको उल्लेख गरेका छन् । 

प्रधानमन्त्रीले केही दिनअघि काठमाडौंमा भएको एक कार्यक्रमलाई संबोधन गर्ने क्रममा सो वाक्यांश प्रयोग गरेका थिए । 

प्रधानमन्त्रीले अदालतको अवहेलना गरेको भन्दै ओलीमाथि न्याय परिषद् ऐन २०७३ को दफा १७ अनुसार हदैसम्मको सजाय माग गरेका छन् ।


कस्तो लाग्यो ?

यो पनि