जेठ ०६, २०८१, आइतबार
               

न्यायाधीश मल्लको प्रश्न: प्रधानमन्त्री ओलीले कहाँनेर बदनियत राखे ?

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । न्यायाधीश सपना प्रधान मल्लले प्रतिनिधिसभा विघटनका क्रममा प्रधानमन्त्री केपी शर्मा ओलीले कहाँनेर बदनियत राखेको भनी प्रश्न गरेकी छिन् । 

संवैधानिक इजलासमा जारी  प्रतिनिधिसभा विघटनविरुद्ध परेका रिटको सुनुवाइ गर्ने क्रममा आइतबार न्यायाधीश मल्लले सो आइतबार सो प्रश्न गरेकी हुन् । 

सुनुवाइका क्रममा बारम्बार उनले प्रधानमन्त्रीले बदनियत राखेर प्रतिनिधिसभा विघटन गरेको भन्ने प्रश्‍न उठेको उल्लेख गर्दै उनले संविधानको धारा ७६ को उपधारा १ को सरकारले संसद् विघटन गर्न सक्ने हो कि होइन भनी प्रश्न गरिन् । 

‘अब सरकार चलाउन सकेन, दलले साथ दिएन, बाध्यताले संसद् विघटन गर्नेबाहेक अर्को विकल्प भएन भन्ने प्रधानमन्त्रीको भनाइ छ । यसमा बदनियत कहाँनेर देखिन्छ,’उनले भनिन् । 

संसदीय व्यवस्थामा टेकेर प्रधानमन्त्रीले संसद् विघटन गरेको भन्ने कुरा न्यायाधीश प्रधानले उठाएकी थिइन् । उनले विकल्पहीन रूपमा संसद् विघटन गरेको भन्ने प्रधानमन्त्रीको धारणालाई पनि व्याख्या गर्न भनिन् । प्रधानमन्त्रीले संसद् विघटन गर्ने आफ्नो अन्तरनिहीत अधिकार रहेको भन्ने विषयमा पनि निवेदकका कानुन व्यवसायीलाई उनको प्रश्न थियो ।

प्रधानमन्त्री केपी शर्मा ओलीले पुस ५ मा संसद विघटन गरेपछि सर्वोच्चमा सोको विरुद्ध १३ रिट दायर भएका छन् । आज आइतबार उल्लेखित रिटमाथिको सुनुवाइ जारी छ । 


कस्तो लाग्यो ?

यो पनि