जेठ ०६, २०८१, आइतबार
               

विवाह बन्धनमा बाँधिए मुख्यमन्त्री राई (तस्बिरसहित)

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रदेश नम्बर १ का मुख्यमन्त्री शेरधन राई विवाह बन्धनमा बाँधिएका छन् ।

मुख्यमन्त्री राई आइतबार मिस मंगोल २०१८ जाङ्मु इन शेर्पासँग विवाह बन्धनमा बाँधिएका हुन् ।

बालुवाटारस्थित एलिश रिसेप्सन्समा विवाह समारोहको आयोजना भएको छ ।

विवाहमा अति निकटका सानो समूहलाई मात्र आमन्त्रण गरिएको छ ।

मुख्यमन्त्री राईको विवाहमा सञ्चारकर्मीलाई पहुँच दिइएको छैन ।

ज्याङ्मु सन् २०१८ की ‘मिस मंगोल नेपाल’ बिजेता हुन् । 

स्रोतका अनुसार उनीहरु करिब एक वर्षयता प्रेम सम्बन्धमा थिए ।

मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरअन्तर निकै फरक छ । ५० वर्षीय राईले आफूभन्दा झन्डै आधा उमेर कमकी युवतीसँग विवाह गरेका हुन् ।  

मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने ज्याङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरिकामा छन् ।

‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी हुन् । त्यो बेलादेखि नै मुख्यमन्त्री राई र ज्याङ्मु नजिकिएको स्रोतको दाबी छ ।

यो पनि