बैशाख १३, २०८१, बिहीबार
               

यी हुन् मुख्यमन्त्री राईकी हुनेवाली बेहुली (तस्बिरसहित)

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

प्रदेश १ का मुख्यमन्त्री शेरधन राईले यही ११ माघमा लगनगाँठो कस्दैछन् । 

मुख्यमन्त्री राईको विवाहबारे उनको सचिवालयले पुष्टि गरेको छ । तर, उनी कोसँग लगनगाँठो कस्दैछन् भन्नेबारे सचिवालयले खुलाएको छैन । 

मुख्यमन्त्री राईको विवाहको मिति पक्का भइसक्दा समेत युवतीको नाम गोप्य नै राखिएपछि धेरैको चासो छ 'कोसँग विवाह गर्दैछन् त मुख्यमन्त्री राई ?'

स्रोतका अनुसार मुख्यमन्त्री राईले ज्याङ्मु शेर्पासँग विवाह गर्न लागेका हुन् । ज्याङ्मु सन् २०१८ की ‘मिस मंगोल नेपाल’ बिजेता हुन् । 

स्रोतका अनुसार उनीहरु करिब एक वर्षयता प्रेम सम्बन्धमा थिए ।

मुख्यमन्त्री राई र ज्याङ्मुको उमेरअन्तर निकै फरक छ । ५० वर्षीय राईले आफूभन्दा झन्डै आधा उमेर कमकी युवतीसँग विवाह गर्न लागेका हुन् । 

मुख्यमन्त्री राईको पर्खौली घर भोजपुर हो भने ज्याङ्मु संखुवासभाकी हुन् । उनी हाल काठमाडौंमा बस्दै आएकी छन् । उनका बाबु–आमा भने अमेरिकामा छन् ।

‘मिस मंगोल नेपाल–२०१८’ को उपाधि जितेसँगै ज्याङ्मु चर्चामा आएकी हुन् । त्यो बेलादेखि नै मुख्यमन्त्री राई र ज्याङ्मु नजिकिएको स्रोतको दाबी छ ।

विद्यार्थी राजनीतिबाट कम्युनिष्ट पार्टीमा स्थापित भएका राई अहिले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको नेकपाको केन्द्रीय सदस्य छन् ।

सामाजिक काममा सक्रिय ज्याङ्मु मिस मंगोल छात्रवृत्ति कोषकी अध्यक्ष समेत हुन् । उक्त कोषबाट विपन्न विधार्थीहरुलाई छात्रवृत्ति प्रदान गरिन्छ ।

यो पनि