बैशाख २३, २०८१, आइतबार
               

देउरानीको कुटपिटबाट जेठानीको मृत्यु

नेपाल फ्ल्यास
माघ ११, २०७७

ADVERTISEMENT

दाङमा देउरानीको कुटपिटबाट जेठानीको मृत्यु भएको छ ।

दाङको तुलसीपुर उपमहानगरपालिका–६ मोतिपुरकी ४८ वर्षीया आइती बुढाथोकीको मृत्यु भएको हो ।

सोही स्थानकी ४४ वर्षीया भगवती बुढाथोकीको कुटपिटबाट आइतीको मृत्यु भएको हो ।

आइती र भगवती देउरानी जेठानी हुन् ।

कुटपिटमा संलग्न भगवती बुढाथोकीलाई शनिबार साँझ प्रहरीले पक्राउ गरेको छ ।

भगवतीले माघ २ गते बिहान आइतीलाई कुटपिट गरेकी थिइन् ।

कुटपिटबाट टाउकोमा चोट लागेर गम्भीर घाइते भएकी आइतीको भारतको लखनउमा उपचारका क्रममा शुक्रबार राति मृत्यु भएको हो ।

मृत्युको खबरलगत्तै प्रहरीले भगवतीलाई नियन्त्रणमा लिएर थप अनुसन्धान गरिरहेको जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि