जेठ ०५, २०८१, शनिबार
               

विप्लव समूहका तीन नेता-कार्यकर्ता पक्राउ

नेपाल फ्ल्यास
माघ १०, २०७७

ADVERTISEMENT

कैलाली । नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाका तीन जना नेता–कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।

उनीहरुलाई मसाल जुलुस निकाल्ने क्रममा टीकापुरबाट शुक्रबार राति पक्राउ गरिएको इलाका प्रहरी कार्यालय टीकापुरले जनाएको छ । 

पक्राउ पर्नेमा टीकापुर नगरइन्चार्ज पूर्ण खड्का, एरिया सेक्रेटरी जगत विश्वकर्मा र डम्बर विष्ट रहेको इलाका प्रहरी कार्यालय टीकापुरका प्रहरी नायव उपरीक्षक मधुसुधन न्यौपानेले जानकारी दिए । 


कस्तो लाग्यो ?

यो पनि