जेठ ०६, २०८१, आइतबार
               

बाहिरका गतिविधिका कारण सर्वोच्च प्रभावित हुँदैन : प्रधानन्यायाधीश

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले दलले बाहिर गरिरहेका विषयबाट अदालत प्रभावित नहुने बताएका छन् ।

संसद विघटनको विषयलाई लिएर सडका विभिन्न दलले प्रदर्शन गरिरहेका बेलामा प्रधानन्याधीले सो कुरा बताएका  हुन् । 

पुस ५ मा संसद विघटनको विषयमा सर्वोच्चमा परेका १३ रिटको सुनुवाइ भइरहेको छ । संसद विघटनविरुद्धको मुद्दामा बुधबारको सुनुवाइमा रिट निवेदकले उठाएको प्रश्नमा प्रधानन्यायाधीश जबराले बाहिरको कुराले आफूहरु प्रभावित नहुने बताएका हुन् ।

आइतबारबाट सुरु भएको सुनुवाइको आज चौथो दिन हो । 


कस्तो लाग्यो ?

यो पनि