जेठ ०१, २०८१, मंगलबार
               

ललितपुर मालपोतका नासुसहित दुई जना घुस लिँदालिँदै पक्राउ

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले भूमिसुधार तथा मालपोत कार्यालय लगनखेलका नायब सुब्बासहित दुई जनालाई घुस लिँदालिँदै पक्राउ गरेको छ ।

आयोगका सहायक प्रवक्ता गणेशबहादुर अधिकारीले नासु मन्दिपकुमार श्रेष्ठ र लेखापढी व्यवसायसमेतको काम गर्ने रमेशलाल श्रेष्ठलाई जग्गा हालसाबिकको क्रममा ट्रायल चेक गर्दा नक्साअनुसार क्षेत्रफल बढी भएको भन्दै मिलाइदिन घुस लिएको जानकारी दिए ।

उनका अनुसार टंगालबाट खटिएको अख्तियारको टोलीले श्रेष्ठद्वयलाई सेवाग्राहीबाट ४० हजार अतिरिक्त रकम लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका १२ लगनखेलस्थित बसपार्कबाट मंगलबार नियन्त्रणमा लिइएको हो ।

यसबारे थप अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

यो पनि