जेठ ०७, २०८१, सोमबार
               

यस्तो छ, आजकाे मौसम

नेपाल फ्ल्यास
माघ ०७, २०७७

ADVERTISEMENT

उत्तरी बंगलादेश र आसपासमा बनेको न्यून चापीय प्रणालीको सामान्य प्रभाव देशमा रहेकाे हुँदा प्रदेश नं १ को पहाडी भू-भागमा आंशिकदेखि सामान्य बदली रहेको  । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार देशका पहाडी भुभागका केही स्थानहरूमा र तराईका अधिकांश स्थानहरूमा हुस्सु लागेकाे छ । 

आज प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा आंशिकदेखि सामान्य बदली रही देशका बाँकी भू-भागहरुमा मौसम सामान्यतया सफा रहनेछ। प्रदेश नं १ का पहाडी भू-भागका एक वा दूई स्थानहरुमा हल्का वर्षाको सम्भावना रहेको छ । प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका उच्च हिमाली भुभागका एक वा दूई स्थानहरूमा हल्का हिमपातको सम्भावना रहेको छ ।

 


कस्तो लाग्यो ?

यो पनि