ज्येष्ठ नागरिकको शिक्षाका लागि योगदान दिने ‘एजिङ नेपाल’ संस्थाले प्राप्त गरेको युनेस्को अन्तरराष्ट्रिय साक्षरता पुरस्कार आज शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले हस्तान्तरण गरेका छन् ।
मन्त्रालयमा आज आयोजित कार्यक्रममा मन्त्री श्रेष्ठले पुरस्कारको तक्मा सो संस्थाका अध्यक्ष कृष्णमुरारी गौतम (चट्याङ मास्टर) लाई हस्तान्तरण गर] । युनेस्को काठमाडौँका प्रमुख क्रिष्टिने म्यानहर्टले पुरस्कारको प्रमाणपत्र प्रदान गरे ।
संस्था २० हजार अमेरिकी डलर (करिब २३ लाख ३२ हजार) राशिको अन्तरराष्ट्रियस्तरको पुरस्कार प्राप्त गर्न सफल भएको छ । कार्यक्रममा मन्त्री श्रेष्ठले उक्त संस्थाले प्राप्त गरेको पुरस्कारबाट नेपालको नाम विश्वभर थप चिनिएको बताउँदै बधाई दिए । उजले नयाँ ढङ्गबाट ज्येष्ठ नागरिकको शिक्षाका लागि के गर्न सकिन्छ भन्नेबारेमा विज्ञको सुझावका आधारमा कार्यक्रम तय गरिने जानकारी दिए ।
मन्त्रालयका सचिव गोपीनाथ मैनालीले विश्वभरकार ७६ संस्थाको प्रतिस्पर्धामा श्रेष्ठ भई एजिङ नेपालले पुरस्कार पाउनु मुलुकका लागि गौरवको विषय भएको बताए । सम्मानित व्यक्तित्व गौतमले ज्येष्ठ नागरिकका आधुनिक सूचना प्रविधिसमेतको उपयोग गर्नसक्ने गरी साक्षरता दिने नीतिगत व्यवस्थाका लागि आग्रह गरे ।