जेठ ०६, २०८१, आइतबार
               

संसद् विघटनलाई राजनीतिक प्रश्न भनी उम्किन मिल्दैन : अधिवक्ता पोखरेल

नेपाल फ्ल्यास
माघ ०५, २०७७

ADVERTISEMENT

काठमाडौं । अधिवक्ता दिनमणि पोखरेलले संसद विघटन राजनीतिक प्रश्न भनी उम्किन नमिल्ने बताएका छन् । सोमबार संसद विघटनको मुद्दामा रिट निवेदकको पक्षमा बहस गर्दै अधिवक्ता पोखरेलले सो कुरा बताएका हुन् ।

‘संविधानमा नभएको कुरालाई प्रयोग गरेर पार्टी भित्रको इन्ट्रेस्ट म्यानेज गर्न नसकेर संसद विघटन गर्ने ? त्यसकारण यो राजनीतिक प्रश्न भनेर उम्कन मिल्दैन,’ पोखरेलले भने, ‘ प्रधानमन्त्रीको कदमलाई सहज गरिदिने काम अदालतले गर्न मिल्दैन । भोलि कसैले दुईतिहाइ ल्याउला, दुईतिहाइले पनि पुगेन एक चौथाइ चाहियो भन्यो भने के गर्ने ? आफू सरकार चलाउन नसक्ने अनि अरु आउने बाटो पनि बन्द गरिदिने, यस्तो प्रधानमन्त्रीलाई सहज गरिदिने काम अदालतले गर्न मिल्दैन । मैले भन्न खोजेको यो राजनीतिक प्रश्न भनेर भन्न मिल्ने अवस्था छैन ।’

पुस ५ मा संसद विघटनपश्चात् १३ रिट निवेदक परेका थिए । सो विषयलाई लिएर संवैधानिक इजलासमा आइतबारबाट सुरु भएको सुनुवाइ सोमबार पनि जारी छ । आइतबार आइतबार अभिवक्ता भीमार्जुन आचार्य र प्रधानन्याधीश चोलेन्द्र समशेरबीच संविधानका धार उल्लेख गरी सवालजवाफ भएको थियो ।


कस्तो लाग्यो ?

यो पनि