जेठ ०६, २०८१, आइतबार
               

ठूला विमानस्थलको निर्माण कार्य जारी

रासस
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडौं । मुलुकको हवाई उड्डयन क्षेत्रको बढ्दो आकर्षण र खड्किएको पूर्वाधार विस्तारका लागि नियामक नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान) ले ठूला आन्तरिक विमानस्थलको धमाधम विस्तार र स्तरोन्नति गरिरहेको छ ।

 देशभरका ठूला आन्तरिक विमानस्थलको गुरुयोजना बनाइ योजनाबद्ध रुपमा विकास तथा विस्तार गर्ने नीति लिएको क्यानले सोहीअनुरुप झापाको चन्द्रगढी, मोरङ्को विराटनगर, सप्तरीको राजविराज, बाँकेको नेपालगञ्ज तथा कैलालीको धनगढी विमानस्थलको गुरुयोजना तयार गर्ने कार्य सम्पन्न गरेको क्यानको २२औँ वार्षिक प्रगति प्रतिवेदनमा उल्लेख छ ।

 देश सङ्घीयतामा भएको परिप्रेक्षमा प्रादेशिक रुपमा महत्वपूर्ण ठूला आन्तरिक विमानस्थलाई प्रदेश सरकार, स्थानीय सरकार तथा सङ्घीय सरकारको संयुक्त साझेदारीमा विकास तथा विस्तार गर्ने नीति लिइएको छ । सोही बमोजिम विराटनगर विमानस्थलको विकास र विस्तार गरी अन्तरराष्ट्रियस्तरको विमानस्थलमा स्तरोन्नति गर्न प्रदेश १ सरकारले ४० प्रतिशत, विराटनगर महानगरपालिकाले १० प्रतिशत र सङ्घीय सरकारका तर्फबाट ५० प्रतिशत आर्थिक साझेदारी गरी समझदारी पत्रमा हस्ताक्षर गरिएको छ ।

कर्णाली प्रदेशको राजधानीमा अवस्थित सुर्खेत विमानस्थलको विकास र विस्तार गर्न प्रदेशले ५० प्रतिशत र सङ्घीय सरकारको ५० प्रतिशत आर्थिक साझेदारी गर्नेगरी समझदारी पत्रमा हस्ताक्षर भइसकेको छ ।

मध्यपश्चिम र सुदूरपश्चिम क्षेत्रको आन्तरिक हब विमानस्थलका रुपमा रहेको नेपालगञ्ज विमानस्थलमा छ आन्तरिक वायुयान बढी क्षमताको एप्रोन विस्तार कार्य सम्पन्न गत मङ्सिर १६ गतेबाट सञ्चालनमा आएको छ । उक्त एप्रोन छ वटा ए३२० जहाजलाई ‘पुस ब्याक अपरेशन’ गर्न सकिने गरी निर्माण गरिएको छ । 

राष्ट्रिय समाचार समिति (रासस) सरकारी स्वामित्वको समाचार एजेन्सी हो ।

कस्तो लाग्यो ?

यो पनि