बैशाख २२, २०८१, शनिबार
               

उपत्यकाका धेरैजसो विद्यालय आजदेखि खुल्दै

नेपाल फ्ल्यास
माघ ०४, २०७७

ADVERTISEMENT

काठमाडाैं । काठमाडाैं उपत्यकाका धेरैजसो विद्यालयमा आजदेखि भौतिक रुपमै उपस्थित भएर पढाइ सुरु हुने भएको छ । कोरोनाको जोखिम कम भएको भन्दै पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएसँगै विद्यालयहरुले विद्यार्थीलाई भौतिक रुपमै उपस्थित गराएर पढाइ सुरु गर्न लागेका हुन् ।

ललितपुर जिल्लाका धेरै पालिकाले आजदेखि विद्यालय सञ्चालन गर्ने भएका छन् । ललितपुर महानगरपालिकासहित ललितपुरका पालिकाहरुले विद्यालय खोल्न अनुमति दिइसकेका छन् ।

यसैगरी, भक्तपुरको सूर्यविनायक नगरपालिकामा पनि आजदेखि सबै विद्यालय खुल्ने नगरका शिक्षा शाखा प्रमुख मनोजकुमार ढकालले जानकारी दिए ।

काठमाडाैं जिल्लामा धेरैजसो पालिकाहरुले विद्यालय खोल्न अनुमति दिएका छन् भने काठमाडाैं महानगरपालिकाले विद्यालय खोल्नेबारे आज छलफल गर्दैछ । काठमाडाैंमा पनि यहि हप्तादेखि विद्यालय खोल्ने गरी तयारी भएको महानगरपालिकाले जनाएको छ ।

सरकारले चालू शैक्षिक सत्रलाई खेर जान नदिने तयारी गरेसँगै विद्यालयहरुमा यही हप्तादेखि पढाइ सुरु गर्न लागिएको हो । सरकारले विद्यालय खुलाउने जिम्मा पालिकालाई दिएको छ । विद्यालय खोल्ने अन्तिम तयारी गरिएको भए पनि जनस्वास्थ्यविद्हरुले भने जोखिम नघटेको भन्दै सावधानी अपनाउन सुझाब दिएका छन् ।

 


कस्तो लाग्यो ?

यो पनि