असोज ०६, २०८१, आइतबार
               

हत्या भएकाे १९ वर्षमा पनि पीडितले न्याय नपाएकाे गुनासो

नेपाल फ्ल्यास
माघ ०३, २०७७

ADVERTISEMENT

सशस्त्र द्वन्द्वकालका हत्या गरिएका लमजुङ दुराडाँडाका शिक्षक मुक्तिनाथ अधिकारीका परिवारले हत्या भएको १९ वर्षसम्म पनि न्याय पाउन नसकेको गुनासो गरेका छन् ।

शिक्षक स्व मुक्तिनाथ अधिकारीको १९औँ स्मृति दिवसका अवसरमा आज एम्नेष्टी इन्टरनेशलन र मुक्तिनाथ अधिकारी स्मृति प्रतिष्ठानले आज सशस्त्र द्वन्द्वकालका गम्भीर मानवअधिकार उलङ्घनका पीडितलाई सरकारले न्याय दिलाउन जवाफदेहिता नदेखाएको भन्दै खबरदारी गरेको हो ।

कार्यक्रममा स्व अधिकारीका छोरा सुमन अधिकारीले राज्यका सबै निकाय, राजनीतिक दल, आयोग सबै ठाउँमा पुगिसक्दा पनि आफूहरुले न्याय पाउन नसकेको बताउनुभयो । राज्यले पीडितको पीडामाथि फुटबल खेल्ने काम गरेको उनकाे भनाइ थियो ।

सशस्त्र द्वन्द्वकालमा गम्भीर मानवअधिकार उल्लङ्घनका पीडितलाई न्याय दिन तथा पीडकलाई कारबाही गर्न भनी सत्य निरुपण र बेपत्ता पारिएका व्यक्तिको छानबिन आयोग गठन गरिएको भए पनि आयोगले न्याय दिन नसकेको उनको गुनासो छ । पाणिनी संस्कृत विद्यालयका प्रधानाध्यापकसमेत रहेका अधिकारीको विसं २०५८ माघ ३ गते आजकै दिन हत्या गरिएको थियो ।


कस्तो लाग्यो ?

यो पनि