असोज ०६, २०८१, आइतबार
               

जुवाखालबाट जिल्ला समन्वय समिति प्रमुख पक्राउ

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । जिल्ला समन्वय समिति रुकुम पूर्वका प्रमुख गजेन्द्रबहादुर ओली जुवाखालबाट पक्राउ परेका छन् । शुक्रबार  ओलीसहित पाँचजना पक्राउ परेका हुन् ।

उनीहरुको साथबाट २५ हजार २०० रुपैयाँ र तीन गड्डी ताससमेत बरामद गरिएको प्रहरीले जनाएको छ । पक्राउ परेकालाई थप अनुसन्धान भइरहेको र कानुनबमोजिम कारबाही गरिने प्रहरीले जनाएको छ । 

पक्राउ पर्नेमा ओलीसहित पृथा उत्तरगंगा गाउँपालिका–५, रुकुम पूर्वका २९ वर्षीय सुभाष घर्तीमगर, सोही गाउँपालिका–१० का ६४ वर्षीय जितेन्द्र बुढामगर, रुकुम पश्चिम त्रिवेणी गाउँपालिका–७ का ४२ वर्षीय लिलबहादुर पुन र मुसीकोट नगरपालिका–१ का ३७ वर्षीय कमल गिरी छन् । 

मुसीकोट नगरपालिका–१, रुकुम पश्चिमको पातुखोबाट जुवातास खेलिरहेको अवस्थामा उनीहरु पक्राउ परेक प्रहरीले जानकारी दियो ।


कस्तो लाग्यो ?

यो पनि