जेठ ०६, २०८१, आइतबार
               

संसद विघटनविरुद्धको रिटको सुनुवाइ पूर्ण इजलासबाट नहुने

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । प्रतिनिधसभा विघटनविरुद्ध परेको मुद्दाको सुनुवाइ बृहत पूर्ण इजलासबाट नभई संवैधानिक इजलासबाट हुने भएको छ । 

सो मुद्दाको सुनुवाइ बृहत पूर्ण इजलासबाट हुनुपर्ने मागसहित सर्वोच्चमा रिट परे पनि सो मागलाई संवैधानिक इजलासले अस्वीकार गरेसँगै अब संवैधानिक इजलासबाट माघ चारबाट निरन्तर हुने सुनुवाइ हुने भएको हो । 

शुक्रबारको इजलासमा सरकार र रिट निवेदनका तर्फबाट बहस सकिएपछि सर्वोच्चले संसद् विघटनविरुद्ध परेका रिटको सुनुवाइ संवैधानिक अदालतबाट गर्न आदेश दिएको छ ।तर, रिटकर्ताहरुले सोको सुनुवाइ बृहत पूर्ण इजलासबाट हुनुपर्ने मागसहित निवेदन दिएका थिए । 

गत पुस ५ आइतबार संसद विघटन भएसँगै सोको विरुद्धमा १३ वटा रिट सर्वोच्चमा दायर भएका थिए । 

 

यो पनि