असोज ०६, २०८१, आइतबार
               

मोटरसाइकलको ठक्करबाट एक बालकको मृत्यु

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडौं । मोटरसाइकलको ठक्करबाट चन्द्रागिरि नगरपालिकामा एक बालकको मृत्यु भएको छ ।

सो दुर्घटनामा  परी तारकेश्वर नगरपालिका–३ का १२ वर्षीय अमृत देवकोटाको मृत्यु भएको हो । उनको उचपार गर्दागर्दै मृत्यु भएको बताइएको छ । उपचारका लागि उनलाई ओम समाज अस्पताल लगिएको थियाे । 

चन्द्रागिरि–५ स्थित दाउरा डिपो नजिकै थानकोटबाट कलंकी जाँदै गरेको प्रदेश नं ३–०२–००९ प ८४४८ नम्बरको मोटरसाइकलले उनलाई ठक्कर दिँदा सो दुर्घटना भएको थियो । 

दुर्घटनामा मोटरसाइकलमा सवार २३ वर्षीय सुन्दर सदा शंकर र २३ वर्षीय सुदीप बस्नेत पनि गम्भीर घाइते भएका छन् ।


कस्तो लाग्यो ?

यो पनि