असोज ०६, २०८१, आइतबार
               

थानकोट दाउरा डिपो नजिकै मोटरसाइकलले ठक्कर दिँदा पैदलयात्रुको मृत्यु

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडाैं । काठमाडाैंको थानकोट-कलङ्की सडकखण्डको दाउरा डिपो नजिकै भएको दुर्घटनामा एक जनाको मृत्यु भएको छ भने दुई जना घाइते भएका छन् ।

प्रदेश नम्बर ३ -०२००९ प ८४४८ नम्बरको मोटरसाइकलले ठक्कर दिँदा पैदल यात्रु काठमाडाैंको तारकेश्वर नगरपालिका-३ का १२ वर्षका अमृत देवकोटाको ज्यान गएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ ।

देवकोटाको  ओम समाज अस्पताल ढुङ्गेअड्डामा उपचारका क्रममा हिजो बेलुका साढे सात बजे ज्यान गएको ट्राफिक  प्रहरीले जनाएको छ  ।

मोटरसाइकलमा रहेका दुईजना घाइते भएका र उनीहरुको त्रिपुरेश्वरमा रहेको ब्लू क्रस अस्पतालमा उपचार भइरहेको ट्राफिक प्रहरीले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि