बैशाख २२, २०८१, शनिबार
               

बाक्लो हुस्सुका कारण सबै आन्तरिक उडान प्रभावित

नेपाल फ्ल्यास
माघ ०२, २०७७

ADVERTISEMENT

काठमाडाैं । बाक्लो हुस्सु र कुहिरोका कारण आन्तरिकतर्फका सबै उडान प्रभावित भएको छ ।
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयकाअनुसार जनकपुर, सिमरा, विराटनगर, भद्रपुर, भैरहवा, नेपालगञ्ज, धनगढीलगायत आन्तरिकतर्फका सबै उडान प्रभावित भएका छन् । 

आन्तरिक उडान प्रभावित भए पनि अन्तर्राष्ट्रिय उडान भने सामान्य रहेको विमानस्थल कार्यालयले जनाएको छ । कुहिरो हटेपछि उडान खुलाइने छ ।

मौसमविद्ले अहिले देशका धेरै ठाउँमा बाक्लो हुस्सु र कुहिरो लागेको बताएका छन् । अबको तीन दिनसम्मकै मौसम यस्तै रहने पूर्वानुमान गरिएको छ । 


कस्तो लाग्यो ?

यो पनि