बैशाख १८, २०८१, मंगलबार
               

बाघको छालासहित पक्राउ

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

काठमाडौं । तारकेश्वर नगरपालिका-९ मनमैजुबाट बाघको १ थान छालासहित सोही ठाउँ बस्ने लम्जुङ दुधपोखरी गाउँपालिका-२ घर भएका ५३ वर्षीय बृस राज घलेलाई मंगलबार दिउँसो प्रहरीले पक्राउ गरेको छ ।

उक्त क्षेत्रमा प्रतिबन्धित दुर्लभ बाघको छाला अवैध रुपमा किनबेच गर्नको लागि लुकाई ल्याएको भन्ने खबर प्राप्त हुनासाथ महानगरीय अपराध महाशाखाबाट खटिएको प्रहरीले जाँच गर्नेक्रममा राज घलेको कोठाबाट उक्त बाघको छाला फेला पारी पक्राउ गरेको हो ।

उनलाई आवश्यक कारबाहीको लागि जिल्ला वन कार्यालय हात्तिसार काठमाडौं पठाइएको उक्त महाशाखाले जनाएको छ ।


कस्तो लाग्यो ?

यो पनि