बैशाख १८, २०८१, मंगलबार
               

नेपाललाई २ करोड ५० लाख डोज ‘स्पुतनिक भी’ खोप दिन रुस तयार

नेपाल फ्ल्यास
पुस २९, २०७७

ADVERTISEMENT

काठमाडौं । रसियाले आफूले उत्पादन गरेको कोराना खोप ‘स्पुतनिक भी’ सकेसम्म छिटो नेपाललाई उपलब्ध गराउन तयार रहेको बताएको छ ।

अन्तराष्ट्रिय समाचार संस्था रोयर्टर्सले रसियाको विदेश मन्त्रालयलाई उद्धृत गदै २५ मिलियन (२ करोड ५० लाख) डोज खोप उपलब्ध गराउन तयार रहेको उल्लेख गरेको छ । केही महिनायता रसियाले आफू नेपाललाई खोप उपलब्ध गराउन तयार रहेको बताइरहेको छ ।

केही दिन अगाडि स्वास्थ्यमन्त्री हृदयश त्रिपाठीले पनि भारत, चीन, रसिया लगायतका मुलुकहरुसँग खोपको बारेमा कुराकानी भइरहेको बताएका छन् । काठमाडौंस्थित रसियाली राजदूतावासले पनि खोप उपलब्ध गराउन पहल गरिरहेको छ ।

नेपालले जी टु जी प्रक्रियामार्फत् भारतबाट खोप ल्याउने तयारीसमेत गरेको छ ।


कस्तो लाग्यो ?

यो पनि