जेठ ०५, २०८१, शनिबार
               

पछिल्लो २४ घण्टामा ७ स्थानमा आगलागी, २ जनाकाे मृत्यु

नेपाल फ्ल्यास
पुस २८, २०७७

ADVERTISEMENT

गएको २४ घण्टामा देशका विभिन्न सात स्थानमा भएको आगलागीमा परी दुई जनाको मृत्यु भएको छ । 

राष्ट्रिय विपद जोखिम न्यूनिकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार बर्दिया, झापा, रोल्पा, प्युठान, महोत्तरी, मोरङ र सल्यानमा आगलागी भएको हो ।

बर्दियाको बारबर्दिया नगरपालिमा–५ धोबियामा २३ वर्षीया युवतीले खाना बनाउने क्रममा लगाएको कपडामा आगो सल्की घाइते भएकोमा भारतको लखनऊमा उपचारको क्रममा उनको मृत्यु भएको छ ।

यस्तै, झापाको दमक नगरपालिका–३ भुटानी शरणार्थी शिविरको एक घरमा आगलागी हुँदा वर्ष ६० का १ पुरुष मृत्यु भएको छ ।

 


कस्तो लाग्यो ?

यो पनि